Market Closed

सहयोगी विकास बैंकको १६ हजार ३८६ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

20 Jul,2017
  • Sahayogi-bikas-bank-Ltd_4_26_2017_12_56_50_7_20_2017_12_33_22.jpg
नेपाली पैसा 
 
काठमाडौं : सहयोगी विकास बैंकको सर्वसाधारण समूहको १६ हजार ३८६ कित्ता सेयर लिलामीमा भर्ने आज (बिहीबार) अन्तिम दिन हो । आज कार्यालय समयसम्ममात्र यो लिलामीमा आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । यसअघि सहयोगीले जेठ १ गतेदेखि असार ४ गतेसम्म ११ लाख १ हजार १३५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यो समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनु पर्नेछ । बोलपत्र शुक्रबार दिउँसो १ बजे सनराइज क्यापिटलको कार्यलयमा खोलिनेछ । सहयोगीको बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्दैछ । हाल सहयोगीको चुक्ता पुँजी ३१ करोड ४६ लाख १० हजार रुपैयाँ रहेको छ । हकप्रद र लिलामीको सेयर बिक्रीपछि बैंकको चुक्ता पुँजी ४२ करोड ४७ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ९ करोड २९ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ४१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ३३ पैसा छ ।

Post Your Comment