सहयोगीको सेयर रजिष्ट्रार आइतबारदेखि एनआइसी एसिया क्यापिटल

11 Aug,2017
  • Sahayogi-bikas-bank-Lt_8_11_2017_5_16_15.jpg
नेपाली पैसा
 
काठमाडौं : सहयोगी विकास बैंकले एनआइसी एसिया क्यापिटललाई आफ्नो सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । आइतबारदेखि सहयोगीको सम्पूर्ण सेयर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतका सबै काम एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौं मार्फत हुनेछ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सहयोगीको चुक्ता पुँजी ३१ करोड ४६ लाख १० हजार रुपैयाँ थियो । बैंकले हालै बिक्री गरेको ३५% हकप्रदपछि भने चुक्ता पुँजी ४२ करोड ४७ लाख २३ हजार ५०० रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ९ करोड २९ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ४१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ३३ पैसा छ ।
 
 
 
 

Post Your Comment