Market Closed

सहयोगी विकास बैंकको पनि पाइने भयो २०% बोनसका साथमा ४.५% नगद

13 Sep,2017
  • Sahayogi-bikas-bank-_9_13_2017_4_18_34.jpg
नेपाली पैसा
 
काठमाडौं : सहयोगी विकास बैंकले लगानीकर्तालाई २०% बोनस र कर तिर्न ४.५% नगद लाभांस दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको कमाईबाट २०% बोनस र ४.५% नगद लाभांश निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई राष्ट्र बैंक र आगामी बार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांस वितरण प्रक्रिया अघि बढ्नेछ । हाल सहयोगीको चुक्ता पुँजी ४२ करोड ३० लाख ८५ हजार रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले १३ करोड १ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सहयोगीको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ७७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ५१ पैसा छ ।  
 

Post Your Comment