सहयोगीको २०% बोनस सेयरपछि कति रुपैयाँमा भयो मूल्य समायोजन ?

14 Dec,2017
  • Sahayogi-bikas-bank-Ltd_12_14_2017_1_37_02.jpg
नेपाली पैसा
 
काठमाडौं : सहयोगी विकास बैंकको २०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता २४४ रुपैयाँ कायम भएको छ । बिहीबार बजार खुल्दा सहयोगीको सेयर कारोबार पनि २४४ रुपैयाँलाई नै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने २९८ रुपैयाँ रहेको छ । सहयोगीले पुस १५ गते वार्षिक साधारण गर्न आज (मंसिर २९ गते) देखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । सभामा २०% बोनस सेयर र ४.५०% नगद लाभांश दिने प्रस्ताव पेश गरिदैछ । बैंकले साधारण सभामा हाल कायम चुक्ता पुँजी ४२ करोड ४७ लाख २३ हजार ५०० रुपैयाँको २०% का दरले हुने ८ करोड ४९ लाख ४४ हजार ७०० रुपैयाँ बराबरको बोनस सेयर दिन लागेको हो । बोनसपछि बैंकको चुक्ता पुँजी ५० करोड ९६ लाख ६८ हजार २०० रुपैयाँ पुग्नेछ । सभा बैंकको केन्द्रीय कार्यालय जनकपुरधाममा दिउँसो १ बजे सुरु हुनेछ । सहयोगीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड १ लाख ८६ हजार रुपैयाँ नोक्सान व्यहोरेको छ ।

Post Your Comment