Market Closed

सहयोगीको खुद नाफा २२.४७% खुम्चिनुमा यस्तो देखियो मुख्य कारण

26 Jan,2018
  • Sahayogi-bikas-bank-Ltd_1_26_2018_1_22_02.jpg
नेपाली पैसा 
 
काठमाडौं : सहयोगी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ३८ लाख ७७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । नाफा गत वर्षको दोस्रो त्रैमासको भन्दा २२.४७% ले कम हो । गत वर्ष बैैकले ५ करोड ६५ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, बैंकको खुद ब्याज आम्दानी पनि ८.६३% ले घटेर १० करोड ३७ लाख ८० हजार रुपैयाँमा ओर्लिएको छ । गत वर्ष बैंकले ११ करोड ३५ लाख ८५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, सहयोगीको सञ्चालन नाफा पनि ४९.३८% ले खुम्चिएर ३ करोड ८४ लाख १७ हजार रुपैयाँमा आएको छ । गत वर्ष बैकको सञ्चालन नाफा ७ करोड ५९ लाख ३ हजार रुपैयाँ थियो । बैंकको खराब कर्जा पनि केही बढेको छ । गत वर्ष ०.७५% रहेको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा बढेर २.४५% पुगेको हो । ब्याज आम्दानी, सञ्चालन नाफा घट्दा खुद नाफालाई असर गरेको हो । यस्तै, खराब कर्जा बढ्दा प्रोभिजनमा पनि बढी पैसा छुट्याउनुपर्छ । चुक्ता पुँजी ३१ करोड ४६ लाखबाट बढाएर ५० करोड ९६ लाख ६८ हजार रुपैयाँ पुर्याएको यस बैंकको रिजर्भ कोषमा १४ करोड ९६ लाख २८ हजार रुपैयाँ छ । सहयोगीले ३ करोड ५ लाख ३२ हजार रुपैयाँ भने राइट ब्याक गर्न सफल भएको छ भने प्रोभिजनमा सहयोगीले ४ करोड ८२ लाख ४० हजार रुपैयाँ राखेको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ २२ पैसा (वार्षिक) रहेको सहयोगीको प्रतिसेयर नेटवर्थ भने १२९ रुपैयाँ २६ पैसा छ । 

सहयोगीको दोस्रो त्रैमासको रिपोर्ट यसरी हेर्नुहोस् 
 

Post Your Comment