Market Closed

सहयोगी विकास बैङ्कको निष्कृय कर्जा शून्य दशमलव शून्य ८ प्रतिशत

07 Aug,2015
  • sahayogi_8_7_2015_1_04_22.jpg
साउन २२, काठमाडौं । सहयोगी विकास बैङ्कको असार मसान्तसम्म खुद मुनाफा रू. ७ लाख पुगेको छ । यो अघिल्लो आवको तुलनामा १ दशमलव १५ प्रतिशत बढी हो । बैङ्कको अघिल्लो आवको तुलनामा गत आवमा कर्जा तथा सापटी १४ दशमलव ६६ प्रतिशतले बढेृर रू. १ अर्ब ७७ लाख पुगेको छ भने लगानी रू. १ करोड ९८ लाख रहेको छ । सोही अवधिमा सञ्चालन मुनाफा ७ प्रतिशतले घट्यो भने खुद ब्याज आम्दानी १२ प्रतिशतलेृ बढेको छ । बैङ्कले गत आवमा रू. ३ करोड १७ लाख निष्कृय कर्जा उठाउन सफल भएको छ । त्यसैगरी, बैङ्कले निष्कृय कर्जा शून्य दशमलव शून्य ८ प्रतिशतमा झार्न सफल भएको छ । 
 

Post Your Comment