Market Closed

एसबीआई बैंकको पुस १९ मा एजीएम, १५.४२% बोनस, बुक क्लोज अब कहिले ?

08 Dec,2017
  • Nepal-SBI-bank-Lt_12_8_2017_12_43_37.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल एसबीआई बैंकको २४ औं वार्षिक साधारण सभा पुस १९ गते हुने भएको छ । बैंकले १५.४२% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । एसबीआइले ०.८१% नगद लाभांश दिने अर्को प्रस्ताव पनि सभामा लैजाँदैछ । यसआधारमा बैंकले १ अर्ब ७ करोड ५१ लाख ७ हजार १ रुपैयाँ र ५ करोड ६५ लाख ८४ हजार ५७९ रुपैयाँ खर्च गर्नेछ । त्यस्तै, बैंकले जारी पुँजी तथा चुक्ता पुँजी परिवर्तन गर्नुपर्ने भएकाले त्यसको लागि बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश गर्दैछ । साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा बैंकले सहायक कम्पनी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको आर्थिक वर्ष २०७३–७४ को वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पनि पेश गर्दैछ । एसबीआइले आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने र २०७४ असार मसान्त सम्मको नाफा नोक्सान तथा सोही अवधिको नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि पेश गर्नेछ । 

साधारण सभा गर्न एसबीआईले मंसिर २९ देखि पुस १९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । मंसिर २८ गतेसम्म मात्र कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् । राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन प्रयासरत एसबीआईको हाल चुक्ता पुँजी ६ अर्ब ९७ करोड १७ लाख ९८ हजार रुपैयाँ छ । बैंकले वितरण गर्न लागेको १५.४२% बोनस सेयरपछि भने चुक्ता पुँजी ८ अर्ब ४ करोड ६८ लाख ४९ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४३ करोड ८८ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । एसबीआईको प्रतिसेयर आम्दानी २५ रुपैयाँ २८ पैसा  १८ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ४० पैसा छ । 
 
 
 

Post Your Comment