Market Closed

नेपाल एसबीआई बैंकको आज एजीएम, लगानीकर्तालाई १५.७९% लाभांश

14 Jan,2019
  • Nepal-SBI-bank-Lt_1_2_8_13_2018_10_44_28.jpg
नेपाली पैसा 

काठमाडौं : नेपाल एसबीआई बैंकको सोमबार (पुस ३० गते) साधारण सभा हुँदैछ । बैंकले लगानीकर्तालाई १५.७९% लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ ।  साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु हुँदैछ ।

एसबीआईले गत वर्षको नाफाबाट ५% बोनस सेयर र १०.७९% नगद वितरण गर्न लागेको हो । पुस १७ गतेसम्म कायम सेयरधनीले यो लाभांश पाउन सक्नेछन् । बैंकले पुस १८ गतेदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । 
 
 बैंकले ४० करोड २३ लाख ४५ हजार २६३ रुपैयाँ बोनसमा र ८६ करोड ८२ लाख १८ हजार ७२५ रुपैयाँ नगद लाभांश वितरणमा खर्च गर्नेछ । बैंकको सहायक कम्पनी नेपाल एसबीआई मर्चेन्ट बैंकिङको आर्थिक वर्ष २०७४।७५ को वित्तीय विवरण स्वीकृत गर्ने एजेन्डा पनि राखेको छ ।
 
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्ताव पनि पेश हुनेछ । आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । 
 
हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड ६९ लाख ५ हजार रुपैयाँ छ । प्रस्तावित बोनसपछि पुँजी ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार २५० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एसबीआईले ४८ करोड ५३ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

 हेर्नुहोस् एसबीआई बैंकको एजीएमका एजेन्डा 

Post Your Comment