Market Closed

एसबीआईको खुद नाफा १२.०२% ले बढ्दा प्रतिसेयर आम्दानीमा पनि यस्तो सुधार

27 Jan,2019
  • Nepal-SBI-bank-Lt_1_2_8_13_2018_10_44_28.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२.०२% ले खुद नाफा बढाएर १ अर्ब २ करोड २७ लाख ९० हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष एसबीआईले ९१ करोड ३० लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको रेगुलेटरी एड्जस्टमेन्टपछिको नाफा पनि ९० करोड २२ लाख १६ हजार रुपैयाँ छ ।

खुद ब्याज आम्दानी १६.१०% ले बढेर २ अर्ब १८ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । यसैगरी, सञ्चालन नाफा पनि १ अर्ब ३० करोड रुपैयाँबाट बढोत्तरी भएर १ अर्ब ४२ करोड ८८ लाख ८२ हजार रुपैयाँ पुर्याएको छ । 
 
यो त्रैमास सम्ममा एसबीआईले ९७ अर्ब ८३ करोड ७६ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी ९० अर्ब ९२ करोड ३७ लाख ७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ४४ करोड ९२ लाख ५१ हजार रुपैयाँ छ । बैंकले गत वर्षको नाफाबाट ५% बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी ८ अर्ब ४४ करोड रुपैयाँ नाघेको हो ।

एसबीआईको रिजर्भ कोषमा ४ अर्ब ४७ करोड १८ लाख ३८ हजार रुपैयाँ जम्मा भइसकेको छ । बैंकको खराब कर्जा ०.१३% बाट बढेर ०.१९% पुगेको छ । यसैगरी, कस्ट अफ फन्ड ५.१४% बाट बढेर ५.९१% कायम भएको छ ।

कर्जा निक्षेप अनुपात ७७.७७ र बेस रेट ९.८२% रहेको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६९ पैसाबाट बढाएर २४ रुपैयाँ २१ पैसा पुर्याएको एसबीआईको प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ९३ पैसा छ ।  

Post Your Comment