Market Closed

एसबीआईमा पनि थन्कियो सेयरधनीको लाभांश, ३५ दिन म्याद

12 Aug,2019
  • dividends_8_12_2019_11_35_42.jpg
नेपाली पैसा 
 
काठमाडौं : एसबीआई बैंकले आफ्ना सेयरधनीलाई बाँकी रहेको लाभांश लैजान सूचना जारी गरेको छ । केही सेयरधनीहरुको विगत ५ वर्ष अघि देखिको लाभांश बैंकमा थन्किएको छ । यसरी लिन बाँकी रहेकाहरुले ३५ दिन भित्र एसबीआई बैंकको सेयर रजिष्ट्रार नेपाल एसबीआई मर्चेन्ट बैंकिङ हात्तिसार, काठमाडौंमा सम्पर्क गरेर लैजान सक्नेछन् । लाभांश लिन जाँदा सेयरधनीले आफ्नो परिचयपत्र पनि बोक्नुपर्नेछ ।

आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म लाभांस वितरण गरिनेछ । तर, ३५ दिन सम्ममा पनि नलैजानेको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कानुनी प्रावधान छ । त्यसपछि लगानीकर्ताले प्रमाण सहित लगानीकर्ता संरक्षण कोषमा गएर लाभांश दाबी गर्नुपर्ने हुन्छ । 
 

Post Your Comment