अजोड इन्सुरेन्स र सिद्धार्थ बैंकबीच सहकार्य, अजोडको निर्जीवन बिमा सेवा अब सिद्धार्थको सबै शाखाबाट

09 Jan,2019
  • ajod_img_1_9_2019_11_10_20.jpg
नेपाली पैसा 

काठमाडौं : अजोड इन्सुरेन्स र सिद्धार्थ बैंक सहकार्य गर्ने सहमति भएको छ । नयाँ सहमति अनुसार अब सिद्धार्थ बैंकको सबै शाखाबाट अजोड इन्सुरेन्सको निर्जीवन बिमा सेवा उपलब्ध हुनेछ । यो सम्झौता पत्रमा मंगलबार हस्ताक्षर भएको हो ।

सम्झौतामा अजोड इन्सुरेन्सका तर्फवाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रवन्धक अर्जुन भद्र खनालले हस्ताक्षर गरेका हुन् । सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्सुरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सिद्धार्थको सबै शाखाबाट लिन सकिने छ ।  
 

Post Your Comment