Market Closed

नेप्सेमा मंगलबार २ करोड ३ लाख ९० हजार कित्ता हकप्रद र बोनस सूचीकृत, कसको के र कति ?

12 Jun,2018
  • share_listing_6_12_2018_1_05_25.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार ४ कम्पनीको कुल २ करोड ३ लाख ९० हजार ५३.१९ कित्ता सेयर सूचीकृत भएको छ । यसमध्ये १ करोड ८२ लाख ४२ हजार १६७.१९ कित्ता हकप्रद र २१ लाख ४७ हजार ८८६ कित्ता बोनस सेयर रहेका छन् । सबैभन्दा धेरै प्राइम लाइफ इन्सुरेन्सको १ करोड १७ लाख ४६ हजार ३५० कित्ता सूचीकरण भएको छ ।

जसमा ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद र १९ लाख ८३ हजार १५० कित्ता बोनस सेयर छन् । प्राइमको गत फागुन २७ देखि वैशाख २ गतेसम्म बिक्री खुला भएको १६०% हकप्रद सेयर सूचीकरण भएको हो । यस्तै, १२.५% बोनस पनि नेप्सेमा सूचीकरण गरिएको छ । 


 
यसैगरी, सिद्धार्थ बैंकको १०% हकप्रद पनि सूचीकृत भएको छ । सिद्धार्थको फागुन २ गतेदेखि चैत ६ गतेसम्म बिक्री खुला भएको ६८ लाख २६ हजार ११७.१९ कित्ता हकप्रद सेयर सूचीकरण गरिएको हो । मल्टीप्रपोज फाइनान्स र बेष्ट फाइनान्सको पनि बोनस र हकप्रद सूचीकृत भएका छन् । 
 

Post Your Comment