Market Closed

सिद्धार्थ बैङ्क : कम्पनी विश्लेषण (सोमवार, १७ असोज २०७३)

03 Oct,2016
  • siddhartha_bank_10_3_2016_1_55_57.png


२०७२/७३ आवको असार मसान्तसम्मको वित्तीय विवरणअनुसार बैङ्कको खुद नाफा ६२ दशमलव २९ प्रतिशत बढेको छ । बैङ्कले वैदेशिक मुद्राको विनिमयबाट रू. १६ करोड ७० लाख नाफा कामाएको छ । बैङ्कले निष्कासन गर्न लागेको ४ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्न असोज १७ गते बूक क्लोज गरेको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : मूल्यलाई लिएर लगानीकर्ताहरू अन्योलमा देखिन्छन् । सोही कारण अन्तिम दिनमा पनि पुच्छर र टुप्पी भएको कालो मैनबत्ती बनेको छ ।

आरएसआई : ओभरसोल्ड जोन (२२ दशमलव २२ स्केल)मा छ । विक्री चाप बढेको छ । स्ट्याण्डर्ड डेभिएशन : १८ दशमलव १७ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने औसत मूल्यरेखा र ७ दिने औसत मूल्यरेखा ट्रेण्ड लाइनभन्दा तल छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ हजार १ सय ९१ मा टेवा पाउने सङ्केत देखिन्छ । मूल्य महँगिएमा रू. १ हजार २ सय ९० मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा
- बैङ्कको चौथो त्रैमासमा नाफा ६२ दशमलव २९ प्रतिशत बढेको छ । गत आर्थिम वर्षमा बैङ्कले रू. १ अर्ब २४ करोड नाफा आर्जन गरेको छ । सञ्चालन नाफा ७० प्रतिशत र खुद ब्याज आम्दानी ४७ दशमलव ४२ प्रतिशत बढ्नाले खुद नाफा बढेको हो ।

- चुक्तापूँजीको तुलनामा खुद नाफा ३१ दशमलव ४७ प्रतिशतबाट बढेर ४१ दशमलव १८ प्रतिशत पुगेको छ ।

- ब्याज आम्दानी २४ दशमलव ९५ प्रतिशत र ब्याज खर्च ७ दशमलव ६१ प्रतिशत बढेको छ ।

- कर्मचारी खर्च १३ दशमलव ६३ प्रतिशत, अन्य सञ्चालन खर्च ६ दशमलव ५० प्रतिशत र कुल सञ्चालन नाफा ३८ प्रतिशत बढेको छ ।

- अघिल्लो वर्षमा रहेको रू. १५ करोड १८ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।

- बैङ्कले सम्भावित जोखीमबापतको व्यवस्थामा रकम ८ प्रतिशत बढाएर रू. २६ करोड ९१ पुर्‍याएको छ ।

- पूँजीकोष लागत ३ दशमलव ८४ प्रतिशत र पूँजीकोष पर्याप्तता ११ प्रतिशत रहेको छ ।

- निष्क्रिय कर्जा १ दशमलव ४१ प्रतिशत र सीडी रेशियो ७७ दशमलव ५५ प्रतिशत रहेको छ ।

- बैङ्कको चौथो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात २२ गुणा, प्रतिशेयर आम्दानी रू. ४१ दशमलव १९ र मूल्य आम्दानी अनुपात २२ गुणा छ । सो आम्दानी र पछिल्लो शेयर मूल्यका आधारमा निकालिएको पीई रेशियो ५८ गुणा छ । हालको शेयर मूल्य नेटवर्थको ६ गुणा छ ।

Post Your Comment