Market Closed

सिद्धार्थ बैंकको लोभ्याउने प्रतिसेयर आम्दानी, पुग्यो ४७ रूपैयाँ ६१ पैसा

07 Nov,2016
  • siddhartha_11_7_2016_1_51_24.jpg
नेपाली पैसा 
 
काठमाडौं :  सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी निकै आकर्षक हुँदै गएको छ । 
 
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सार्वजनिक गरेको रिपोर्ट अनुसार प्रतिसेयर आम्दानी ४७ रूपैयाँ ६१ पैसा पुगेको छ । 
 
समग्र सूचक आकर्षक बनाउँदै लगेको यो बैंकले सोही अनुसार प्रतिसेयर आम्दानी पनि बढाउन सफल भएको हो । यसबाट सेयर बजारका लगानीकर्ता आकर्षित हुन सक्ने देखिएको छ । 
 
सिद्धार्थले यो तीन महिनामा ३५ करोड ९६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा दोब्बर बढी हो । गत वर्ष बैंकले १७ करोड २० लाख ३६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गर्न सकेको थयो । 
 
त्यस्तै, बैंकको खुद ब्याज आम्दानीमा आकर्षक बढोत्तरी देखिएको छ । गत वर्ष यही त्रैमासमा खुद ब्याज आम्दानी ३६ करोड एक लाख ५३ हजार रुपैयाँ रहेकोमा अहिले यस्तो आम्दानी ६२ करोड ७२ लाख २३ हजार रुपैयाँ पुगेको छ । यो ब्याज आम्दानीले लगानीकर्ता लोभ्याउन सक्छ । 
 
चुक्ता पुँजी तीन अर्ब ३७ करोड ५१ लाख १९ हजार रुपैयाँ रहेको सिद्धार्थको रिजर्भमा पनि तीन अर्ब ५८ करोड ९८ लाख १८ हजार रुपैयाँ पुगिसकेको छ । चुक्ता पुँजीको आधारमा यो रिभर्जलाई निकै आकर्षक मान्नुपर्छ ।  
 
निक्षेप ७० अर्ब नघाएको सिद्धार्थले ५८ अर्ब रूपैयाँभन्दा बढी कर्जा प्रवाह पनि गरिसकेको छ । 
 
बैंकको खराब कर्जा अनुपात १.५९ प्रतिशत, कस्ट अफ फन्ड ३.९५ प्रतिशत तथा प्रतिसेयर नेटवर्थ २३०.४७ रुपैयाँ पुगेको छ । 
 

Post Your Comment