Market Closed

स्टान्डर्ड चार्टर्डसहित ३ बैंकको सञ्चालक समितिमा भयो फेरबदल

17 Jan,2018
  • BrdDirectors_1_17_2018_5_01_05.jpg
नेपाली पैसा
 
काठमाडौं : स्टान्डर्ड चार्टड बैंकको ३१ औ वार्षिक साधारण सभाले अभिनास अग्रवाललाई  सञ्चालकमा नियुक्त गरेको छ । अग्रवाल सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्दै अन्तरिम अवधिका लागि सञ्चालक बनेका मानबहादुर राईको ठाउँमा आएका हुन् । बैंकले ३१ औं वार्षिक साधारण सभाबाट उनलाई छानेको हो । यसैगरी, सिभिल बैंकको सञ्चालक समितिको बैठकले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्दै घनेन्द्र बहादुर श्रेष्ठ र संगम केसीको कार्यकाल आगामी साधारण सभा पुरा नभएसम्मको लागि थपेको छ । बैंकको २३४ औं सञ्चालक समितिको बैंठकले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा श्रेष्ठ र केसीको समयावधि थपिएको जानकारी नेप्सेलाई गराएको छ । यता, जनता बैंकको सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक नारायण प्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । बैंकको माघ २ गते बसेको सञ्चालक समिति बैठकले घिमिरेले पुस २४ गते दिएको राजीनामा स्वीकृत गरेको छ ।  यो जानकारी बैंकले नेप्सेलाई गराएको हो ।
 

Post Your Comment