Market Closed

बैंकहरुको स्प्रेडदर सीमाभन्दा माथि पुग्यो, कुन बैंकको कति ?

19 May,2019
  • bank_img_new_5_19_2019_5_50_45.jpg
इशारा कोइराला
 
काठमाडौं : चैत मसान्तसम्म आइपुग्दा केही वाणिज्य बैंकहरुको स्प्रेडदर सीमाभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकको नीति विपरित बैंकहरुले स्प्रेडदर बढाएका हुन् । केन्द्रीय बैंकको नीति आनुसार ५% स्प्रेड दरलाई चैत मसान्तसम्म ४.७५% मा ल्याउनुपर्ने व्यवस्था छ । तर, व्यवहारमा अहिले ५ वाणिज्य बैंकको स्प्रेडदर यो भन्दा माथि रहेको छ ।
 
एकातिर, राष्ट्र बैंकले आगामी असार मसान्तसम्म स्प्रेडदर ४.५% मा झार्न निर्देशन दिएको छ । तर नियम विपरीत  बैंकहरुको स्प्रेडदर भने थप बढ्दै गएको देखिन्छ । स्प्रेडदर सीमाभन्दा माथि पुर्याउने बैंकलाई कारबाही प्रक्रिया अघि बढाइने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले नेपाली पैसालाई बताए । यद्दपि, हालसम्म स्प्रेडदर बढाउने बैंकलाई कारबाही भएको भने देखिँदैन ।
 
स्प्रेडदर सीमाभन्दा माथि पुर्याउने बैंकलाई नगद लाभांश प्रदान गर्न नदिने, बैंक नपुगेका स्थानीय तहबाहेक अन्यमा शाखा खोल्न रोक लगाउने, भूकम्प पीडितलाई दिनेबाहेक अन्य पुनर्कर्जाको सुविधामा रोक लगाउनेजस्ता व्यवस्था रहेको छ । यता, व्यावसायीले भने स्प्रेडदरलाई ३% मा झार्न आग्रह गर्दै आएका छन् ।

२८ वाणिज्य बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार नेपाल बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, एनआइसी एसिया बैंक र प्रभु बैंकले स्प्रेड दरमा सीमा मिचेका छन् । यी बैंकको स्प्रेडदर ४.७५% भन्दा माथि छ ।

                  हेरौं चैत मसान्तसम्म कुन बैंकको स्प्रेडदर र सीसीडी रेसियो कति ?

यता, वाणिज्य बैंकहरुको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) भने सिमाभित्र नै राखेका छन् । राष्ट्र बैंकको नियामकीय प्रवधानअनुसार सीसीडी ८०% भन्दा तल हुनुपर्छ । यद्दपि, केही बैंकको सीसीडी रेसियोले ८०% छुन भने लागेको छ ।

 

Post Your Comment