Market Closed

स्टान्डर्ड चार्टर्डको साधारण सभा पुस २६ मा, १००% बोनस दिने प्रस्ताव

20 Dec,2017
  • Standard-Chartered-bank-Ltd_12_20_2017_10_24_49.jpg
नेपाली पैसा
 
काठमाडौं : स्टान्डर्ड चार्टर्ड बैंकले १००% बोनस सेयर पारित गराउन पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले बोनस सेयरमा लाग्ने कर तिर्न ५ रुपैयाँ २६ पैसा नगद लाभांश दिने प्रस्ताव पनि साधारण सभामा लैजानेछ । अधिकृत पुँजी ९ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव सभामा पेश हुनेछ । यसका साथै, बोनस सेयर जारी गर्दा चुक्ता पुँजी वृद्धि हुने हुँदा सोही अनुरुप प्रबन्धपत्र संशाधन गर्ने प्रस्ताव सभामा प्रस्तुत हुनेछ । बोनस सेयरपछि बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड १४ लाख ३० हजार ६६७ रुपैयाँ पुग्नेछ । साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४८ करोड २५ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको । यसको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३१३ रुपैयाँ छ ।

Post Your Comment