स्टान्डर्ड चार्टर्डको १००% बोनस पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

22 Dec,2017
  • Standard-Chartered-bank-Ltd_12_22_2017_10_49_22.jpg
नेपाली पैसा
 
काठमाडौं : स्टान्डर्ड चार्टर्ड बैंकको १००% बोनस सेयर र ५ रुपैयाँ २६ पैसा नगद लाभांश सुरक्षित गर्न पुस १५ गतेभित्र सेयरधनी बनिसक्नुपर्नेछ । बैंकले साधारण सभा गर्न पुस १६ देखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको हो । बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र लाभांश पाउने हुँदा पुस १५ गते नै बैंकको सेयरधनी बनिसक्नुपर्नेछ । चार्टर्डले पुस २६ गते बस्ने साधारण सभामा १००% बोनस सेयर र यसमा लाग्ने कर तिर्न ५ रुपैयाँ २६ पैसा नगद लाभांश दिने प्रस्ताव लैजानेछ । अधिकृत पुँजी ९ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ । यसका साथै, बोनस सेयर जारी गर्दा चुक्ता पुँजी वृद्धि हुने हुँदा सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव सभामा प्रस्तुत हुनेछ । बोनस सेयरपछि बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड १४ लाख ३० हजार ६६७ रुपैयाँ पुग्नेछ । साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४८ करोड २५ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यसको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३१३ रुपैयाँ छ ।

Post Your Comment