स्टान्डर्ड चार्टर्डको १००% बोनस सुरक्षित गर्ने बिहीबार अन्तिम दिन, पुस २६ मा एजीएम

28 Dec,2017
  • Standard-Chartered-bank-Ltd_12_28_2017_10_25_34.jpg
नेपाली पैसा
 
काठमाडौं : स्टान्डर्ड चार्टर्ड बैंकको १००% बोनस सेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । पुस २६ मा वार्षिक साधारण सभा गर्न बैंकले आइतबार (पुस १६ गते) देखि बुक क्लोज गर्दैछ । यसआधारमा बुक क्लोज हुनु अघि कायम सेयरधनीले मात्र बोनस पाउने हुँदा बिहीबार (पुस १३ गते) नै चार्टर्डको सेयर किनिसक्नुपर्नेछ । शुक्रबार र शनिबार सेयर बजार बन्द हुने भएकाले स्टान्डर्डको बोनस सुरक्षित गर्न आज (पुस १३ गते) नै सेयर किनेर सेयरधनी बन्नुपर्नेछ । यस्तै, बैंकले सभामा ५ रुपैयाँ २६ पैसा नगद लाभांश दिने प्रस्ताव पनि पेश गर्दैछ ।
 
बैंकले अधिकृत पुँजी ९ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि सभामा पेश गर्नेछ । यसका साथै, बोनस सेयर जारी गर्दा चुक्ता पुँजी वृद्धि हुने हुँदा सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव सभामा प्रस्तुत हुनेछ । बोनस सेयरपछि बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड १४ लाख ३० हजार ६६७ रुपैयाँ पुग्नेछ । साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४८ करोड २५ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३१३ रुपैयाँ छ ।
 

Post Your Comment