Market Closed

स्टान्डर्ड चार्टर्डको १००% बोनस समायोजनपछि कति रुपैयाँमा झर्यो भाउ ?

31 Dec,2017
  • Standard-Chartered-bank-Ltd_12_31_2017_10_52_59.jpg
नेपाली पैसा
 
काठमाडौं : स्टान्डर्ड चार्टर्ड बैंकको १००% बोनस सेयरमा मूल्य समायोजन भएको । बोनस समायोजनपछि चार्टर्डको सेयर भाउ प्रतिकित्ता ९५० रुपैयाँ कायम भएको छ । आइतबार यसको सेयर कारोबार पनि ९५० रुपैयाँलाई नै आधार मानेर खुलेको छ । बैंकको औसत आधार मूल्य भने १६ सय २२ रुपैयाँ छ । चार्टर्डको बिहीबारको अन्तिम कारोबार मूल्य १९ सय रुपैयाँ थियो । १००% बोनस समायोजनपछि भने भाउ घटेर ९५० रुपैयाँमा आएको हो । बैंकले पुस २६ गते हुने वार्षिक साधारण सभामा १००% बोनस र ५ रुपैयाँ २६ पैसा नगद लाभांश दिने प्रस्ताव गर्दैछ । यसका लागि बैंकले आइतबारदेखि बुक क्लोज गरेको हो । बोनस सेयरपछि बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड १४ लाख ३० हजार ६६७ रुपैयाँ पुग्नेछ । साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४८ करोड २५ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३१३ रुपैयाँ छ ।

Post Your Comment