स्टान्डर्ड चार्टर्डले आफ्नो ब्रान्ड फेरि पनि जोगायो, खुद नाफामा ३६.९२% को बढोत्तरी

29 Jan,2018
  • Standard-Chartered-bank-L_1_29_2018_11_08_07.jpg
नेपाली पैसा 
 
काठमाडौं : स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब १ करोड ३४ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको रिपार्ट बाहिर ल्याएको छ । नाफा गत वर्षको भन्दा ३६.९२% ले धेरै हो । गत वर्ष चार्टर्डले ७४ करोड १ लाख ४६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । बैंकले खुद ब्याज आम्दानी पनि ३९.८२% ले बढोत्तरी गरेर १ अर्ब ४६ करोड ४५ लाख ३ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । गत वर्ष चार्टर्डले १ अर्ब ४ करोड ७३ लाख ९८ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । यस्तै बैंकले सञ्चालन नाफा पनि १ अर्ब १२ करोडबाट बढाएर १ अर्ब ५५ करोड ३४ लाख ८० हजार रुपैयाँ पुर्याएको छ । बैंकको खुद नाफा बढ्नुमा ब्याज आम्दानी र सञ्चालन नाफाको हात रहेको देखिन्छ । १००% बोनस दिएर ८ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ चुक्ता पुँजी पुर्याउन सफल भएको चार्टर्डको रिजर्भ कोषमा भने ४ अर्ब ८६ करोड ६० लाख ३१ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको चुक्ता पुँजी ३ अर्ब ७४ करोड ९९ लाख १ हजार रुपैयाँ मात्र रहेको थियो । 
 
यता, बैंकको प्रतिसेयर आम्दानीमा भने १४ रुपैयाँ १४ पैसाको गिरावट आएर २५ रुपैयाँ ३० पैसा (वार्षिक) मा खुम्चिएकोे छ । बैंकले भारी मात्रमा चुक्ता पुँजी बढाउदा त्यसको सीधा प्रभाव प्रतिसेयर आम्दानीमा परेको छ । चुक्ता पुँजी एकै पटक भारीमात्रामा बढ्दा सोही अनुसार प्रतिसेयर आम्दानी व्यवस्थापन गर्न मुस्किल परेको देखिन्छ । तर विस्तारै सुधार हुँदै जानेमा शंका गर्नुपर्ने देखिंदैन । गत वर्ष चार्टर्डको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ४८ पैसा (वार्षिक) रहेको थियो । निक्षेप ६१ अर्बबाट बढाएर ६६ अर्ब ७ करोड २२ लाख ५३ हजार रुपैयाँ पुर्याएको यस बैंकले ४२ अर्ब ३५ करोड ९९ लाख १७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । सम्भावित जोखिमका लागि बैंकले ५ करोड ९९ लाख ३८ हजार रुपैयाँ छुट्याएको चार्टर्डले २ करोड ६९ लाख ४४ हजार रुपैयाँ राइट ब्याक पनि गरेको छ । कस्ट अफ फन्ड १.३१% बाट बढेर २.४२% पुगेको छ । त्यसैगरी, कर्जा निक्षेप अनुपात ७७.८६% बाट बढेर ७८.९७% पुगेको छ । चार्टर्डको प्रतिसेयर नेटवर्थ पनि ५९ रुपैयाँ ६५ पैसाले घटेर १६० रुपैयाँ ७४ पैसामा झरेको छ । गत वर्ष प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ ३९ पैसा थियो । 

अब यसरी हेरौं स्टान्डर्ड चार्टर्डको वित्तीय विवरण
http://www.nepalipaisa.com/documentviewer.aspx/SCB/Standard%20Chartered%20Bank%20Limited/file/standard_chartered_bank_ltd,_2nd_qtr_watermark_1_29_2018_11_48_50_AM.pdf
 

Post Your Comment