Market Closed

चार्टर्डको खुद नाफा ४१.८४% बढ्यो, निक्षेप घट्दा पनि लगानी २४.२३% विस्तार

26 Apr,2018
  • Standard-Chartered-bank_4_26_2018_10_49_26.jpg
नेपाली पैसा
 
काठमाडौं : स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ५० करोड ९६ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट बाहिर ल्याएको छ । चार्टर्डले गत वर्षको तुलनामा खुद नाफा ४१.८४% ले वृद्धि गरी आफूलाई अब्बल दर्जाको बैंकको रुपमा निरन्तरता दिएको हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा उल्लेख्य सुधार हुँदा समग्र नाफा माथि लैजान मद्दत पुगेको हो ।

यस अवधिमा खुद ब्याज आम्दानी ४३.७९% ले बढेर २ अर्ब २३ करोड ६८ लाख २० हजार रुपैयाँ पुगेको छ । तेस्रो त्रैमाससम्म सञ्चालन नाफा पनि २ अर्ब ३१ करोड ३५ लाख ३३ हजार रुपैयाँ पुर्याउन चार्टर्ड सफल भएको छ । वर्षको भन्दा सञ्चालन नाफा ४३.३४% ले धेरै हो । ४ करोड ५८ लाख ६ हजार रुपैयाँ राइट ब्याक गरेको यो बैंकले प्रोभिजनमा १३ करोड ८८ लाख ९० हजार रुपैयाँ राखेको छ ।
 
यता, चार्टर्डको यस अवधिमा निक्षेप संकलन भने १२.२९% ले घटेको छ । कर्जा लगानी २४.२३% बढाउन बैंक सक्षम देखिएको छ । यो त्रैमाससम्म चार्टर्डले ६१ अर्ब १ करोड ५० लाख ४५ हजार रुपैयाँ निक्षेप संकलन गरी ४६ अर्ब ४० करोड ६९ लाख ९ हजार रुपैयाँ कर्जा लगानी गरेको हो । खराब कर्जा ०.२१% मा सीमित छ भने कस्ट अफ फन्ड ३.८०% छ । गत वर्ष खराब कर्जा ०.२३% र कस्ट अफ फन्ड २.६२% थियो । 
 
चुक्ता पुँजी ११३.६४% ले वृद्धि गर्दै ८ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ पुर्याएको छ । चुक्ता पुँजी वृद्धि गर्न यस बैंकले १००% बेनस सेयर वितरण गरेको थियो । चार्टर्डको रिजर्भ कोषमा ५ अर्ब ३६ करोड २२ लाख ३२ हजार रुपैयाँ छ ।

यता, चुक्त पुँजी भारी मात्रामा वृद्धि हुँदा प्रतिसेयर आम्दानीमा असर परेको छ । गत वर्ष ३७ रुपैयाँ ८४ पैसा रहेको प्रतिसेयर आम्दानी यसपालि २५ रुपैयाँ १२ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ पनि २२९ रुपैयाँ ३ पैसाबाट घटेर १६६ रुपैयाँ ९३ पैसामा आएको छ । 

स्टान्डर्ड चार्टर्डको तेस्रो त्रैमासको रिपोर्ट यसरी गरौं अध्ययन 
 

Post Your Comment