Market Closed

स्वदेशीको १००% हकप्रद सेयर अब २ दिनमात्रै बाँकी, इपीएस ३१ रुपैयाँ ८ पैसा, अब पुँजी कति ?

08 Nov,2018
  • Swadeshi-Laghubitta-Bittiya-Sanstha-Lt_1_8_10_2018_11_14_12.jpg
नेपाली पैसा 
 
काठमाडौं : स्वदेशी लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद भर्न अब २ कार्य दिन मात्र बाँकी रहेको छ । अहिले तिहार विदा परेकाले अब कात्तिक २५ गतेमात्र कार्यालय खुल्नेछ । स्वदेशीको हकप्रद भर्ने अन्तिम म्याद कात्तिक २६ गतेसम्म तोकिएको छ । यस आधारमा लगानीकर्ताले अब २ दिन मात्र स्वदेशीको १००% हकप्रदमा आवेदन दिन पाउनेछन् ।
 
 स्वदेशीले गत असोज २३ गतेदेखि १००% हकप्रद निष्कासन खुला गरेको हो । कम्पनीले १ः१ अनुपातमा ११ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । भदौ २४ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछन् ।
 
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं तथा स्वदेशीको सम्पूर्ण शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ । हाल स्वदेशीको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २३ करोड रुपैयाँ पुग्नेछ ।
 
क्रेडिट रेटिङ एजेन्सी केयर नेपाल रेटिङस्ले स्वदेशीको हकप्रदलाई केयर–एनपी आइपीओ ग्रेड ४ रेटिङ दिएको छ ।  गत आर्थिक वर्षको चौथो त्रैमासमा यस लघुवित्तले ३ करोड ७७ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ८ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ७८ पैसा छ । 

Post Your Comment