स्वदेशी लघुवित्तको ६२ हजार कित्ता लिलामी खुल्यो, बजार भाउ कति ?

06 Dec,2018
  • auction_img_11_29_2018_12_11_30.png
नेपाली पैसा 
 
काठमाडौं : स्वदेशी लघुवित्त वित्तीय संस्थाको बिहीबार (मंसिर २० गते) देखि ६२ हजार ५ कित्ता सेयर लिलामी खुला भएको छ । कम्पनीले सर्वसाधारण समूहको सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्छ ।

आवेदन दिने अन्तिम म्याद मंसिर २८ गतेसम्म छ । नेप्सेमा बुधबार यसको अन्तिम कारोबार प्रतिकित्ता ६०८ रुपैयाँमा भएको थियो । यसअघि स्वदेशीले गत असोज २३ गतेदेखि कात्तिक २६ गतेसम्म १ः१ अनुपातमा ११ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएको थियो । तर त्यस समयमा १८ हजार ७२२ जनाले १० लाख ८७ हजार ९९५ कित्ताका लागि मात्र आवेदन दिए ।

६२ हजार ५ कित्ता सेयरमा आवेदन नपरेपछि कम्पनीले लिलामी प्रक्रियाबाट बाँकी रहेको सेयर बिक्री गर्न लागेको हो । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल बबरामहल, काठमाडौं तथा तथा स्वदेशीको अधिकांश शाखाबाट यसमा आवेदन दिन सकिनेछ । हाल स्वदेशीको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ छ ।

बाँकी रहेको सेयर लिलामीमा बिक्री भएपछि चुक्ता पुँजी २३ करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो लघुवित्तले ८३ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३ पैसा रहेको स्वदेशीको प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ ४ पैसा छ ।   
 

Post Your Comment