Market Closed

सेती फाइनान्स : कम्पनी विश्लेषण

23 Sep,2016
  • seti_finance_9_23_2016_10_50_35.jpg

२०७२/७३ आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा न्यून बढेको छ । कम्पनीको गत चैतमा भएको साधारणसभाले पारित गरेको १४ प्रतिशत बोनस शेयर वितरण गरिसकेको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : अन्तिम दोस्रो र तेस्रो दिनमा ‘इन्गल्फिङ बुलिश’ प्याटर्न बनेको छ । सोही कारण अन्तिम दिनमा शेयर मूल्य बढेको छ ।

आरएसआई : ओभरबट जोन (७१ दशमलव ६६ स्केल)मा छ । खरिदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन : १९ दशमलव ३८ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने औसत मूल्यरेखा, ७ दिने औसत मूल्यरेखा र ट्रेण्ड लाइनभन्दा माथि छ । हालको बिन्दुबाट मूल्य महँगिएमा रू. ५ सय ९४ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. ५ सय ३२ मा टेवा पाउने सङ्केत देखिन्छ ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा
- कम्पनीकोे चौथो त्रैमासमा नाफा शून्य दशमलव शून्य ६ प्रतिशत बढेर रू. ८४ लाख ९२ हजार पुगेको छ । खुद ब्याज आम्दानी ६ दशमलव ९० प्रतिशत बढ्नाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

- चुक्तापूँजीको तुलनामा खुद नाफा १५ दशमलव २५ प्रतिशतबाट झरेर १३ दशमलव ३८ प्रतिशतमा सीमित भएको छ ।

- रू. २६ करोड ५१ लाख कुल निक्षेप सङ्कलन गरी रू. २५ करोड ९० लाख कर्जा प्रवाह गरेको छ ।
- ब्याज आम्दानी १९ दशमलव २४ प्रतिशत बढेर रू. ३ करोड ९० लाख र ब्याज खर्च ३८ प्रतिशत बढेर रू. १ करोड ७९ लाख पुगेको छ ।

- कर्मचारी खर्च ७ प्रतिशत, अन्य सञ्चालन खर्च २९ दशमलव ८० प्रतिशत र कुल सञ्चालन नाफा १० प्रतिशत बढेको छ ।

- स्थिर सम्पत्ति ४ दशमलव ४५ प्रतिशत बढेर रू. ५३ लाख ५३ हजार र अन्य सम्पत्ति साढे दुई गुणा बढेर रू. ३ करोड २२ लाख पुगेको छ ।

- कम्पनीले सम्भावित जोखीमबापतको व्यवस्थामा रकम दुई गुणा बढाएर रू. १९ लाख ५९ हजार पुर्‍याएको छ ।

- पूँजीकोष लागत ७ प्रतिशत र पूँजी कोष पर्याप्तता २६ प्रतिशत रहेको छ ।

- सीडी रेशियो ७४ दशमलव ६९ प्रतिशत र निष्क्रिय कर्जा २ दशमलव ४५ रहेको छ ।

Post Your Comment