Market Closed

सेवा विकास बैङ्क : कम्पनी विश्लेषण (बिहीवार, ४ कात्तिक २०७३)

20 Oct,2016
  • sewa_bikas_bank_resize_10_20_2016_11_21_03.jpg

२०७२/७३ आवको असार मसान्तसम्मको वित्तीय विवरणअनुसार खुद नाफा ४३ दशमलव ५० प्रतिशत बढेको छ । बैङ्कको असोज १६ मा बसेको सञ्चालक समितिको बैठकले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : ओभर सोल्ड जोन (११ दशमलव ७२ स्केल)मा छ । विक्री चाप बढेको छ । स्ट्याण्डर्ड डेभिएशन : १ सय ३४ विन्दुमा छ । उतारचढाव उच्च रहेको छ ।

मुभिङ एभरेज : ७ दिने औसत मूल्यरेखा र २१ दिने औसत मूल्य रेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको शेयरमूल्य, ७ दिने रेखा ट्रेण्ड लाइनभन्दा तल र २१ दिने रेखा ट्रेड लाइनभन्दा माथि रहेको छ । हालको विन्दुबाट मूल्य महँगिएमा रू. ४ सय ३ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको चौथो त्रैमासमा नाफा ४३ दशमलव ५० प्रतिशत बढेर रू. १० करोड ७६ लाख पुगेको छ । सञ्चालन नाफा ५२ प्रतिशत र खुद ब्याज आम्दानी ३२ प्रतिशत बढ्नाले खुद नाफा बढेको हो ।

- चुक्ता पूँजीको तुलनामा खुद नाफा २० दशमलव ३० प्रतिशतबाट बढेर २५ दशमलव ३० प्रतिशत पुगेको छ ।

- ब्याज आम्दानी १९ प्रतिशत र ब्याज खर्च ८ दशमलव ६४ प्रतिशत बढेको छ ।

- कर्मचारी खर्च २७ दशमलव ८३ प्रतिशत र कुल सञ्चालन नाफा २९ दशमलव ५८ प्रतिशत बढेको छ भने अन्य सञ्चालन खर्च २४ दशमलव २२ प्रतिशत घटेको छ ।

- पूँजी कोष लागत ५ दशमलव २८ प्रतिशत र पूँजी कोष पर्याप्तता १३ प्रतिशत रहेको छ ।

- निष्क्रिय कर्जा शून्य दशमलव ४२ प्रतिशत र सीडी रेशियो ७६ प्रतिशत रहेको छ । राष्ट्र बैङ्कको प्रावधानअनुसार बैङ्कले थप कर्जा प्रवाह गर्न सक्छ ।

- बैङ्कको चौथो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात करीब २६ गुणा, प्रतिशेयर आम्दानी रू. २५ र मूल्य आम्दानी अनुपात साढे २१ गुणा छ । सो आम्दानी र पछिल्लो शेयरमूल्यको आधारमा निकालिएको पीई रेशियो १७ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको २ गुणा छ ।

Post Your Comment