Market Closed

सेवा विकास बैंकको एक सय २० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन, तपाईंले भर्नुभयो त ?

11 Jan,2017
  • sewa_bikas_bank_resize_new_1_11_2017_11_52_08.jpg
नेपाली पैसा
 
काठमाडौं : सेवा विकास बैंकको एक सय २० प्रतिशत हकप्रद सेयर भर्ने बुधबार अन्तिम दिन हो । आज बिहीबार बैंकिङ समयपछि यो हकप्रद सेयरमा आवेदन बन्द लिने कार्य बन्द हुँदैछ । सेवाले मंसिर २३ देखि पुस २७ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको हो । सेवाले प्रतिकित्ता १ : १.२ अनुपातमा प्रतिसेयर १०० रूपैयाँ दरले ५१ लाख ६ हजार ६ सय ६२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।  
 
यो हकप्रद सेयरमा आवेदन दिन गत असोज १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सक्नेछन् । आवेदकले एनएमबि बैंक लिमिटेडको मुख्य कार्यलय बबरमहल काठमाडौं तथा यसका अधिकांश शाखा कार्यलयबाट फारम लिन र बुझाउन सक्नेछन् । त्यस्तै, आवेदकले सेवा विकास बैंकको मुख्य कार्यलय बुटवल, ८ पुष्पलाल मार्ग तथा यसका धेरैजसो शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । एनएमबि क्यापिटल लिमिटेड नागपोखरी, काठमाडौंबाट भने चेकमात्र बुझिलिने व्यवस्था छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो । 

Post Your Comment