Market Closed

शाइन रेसुंगाले दिने भयो २५% बोनस, कर तिर्न नगद लाभांश छैन

20 Sep,2017
  • shine-resunga-development-bank-ltd_9_20_2017_11_43_44.jpg
नेपाली पैसा
 
काठमाडौं : शाइन रेसुंगा डेभलपमेन्ट बैंकले चुक्ता पुँजीको २५% बोनस सेयर दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजी १ अर्ब १० करोड २८ लाख ९२ हजार ३०० रुपैयाँको २५% बोनस सेयर दिने निर्णय गरेको हो । बैकले बोनस सेयरमा लाग्ने कर तिर्न नगद लाभांश भने दिएको छैन । बोनसमा लाग्ने कर तिर्न सेयरधनी आफैले पैसा खर्च गर्नुपर्ने भएको छ । बोनस प्रस्तावलाई नियामक निकाय नेपाल राष्ट्र बैंक र रेसुंगाको आगामी वार्षिक साधारण सभाले स्कीकृति दिएपछि वितरण प्रकृया अघि बढ्नेछ । शाइन रेसुंगाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३४ करोड ९६ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ २५ पैसा छ ।

Post Your Comment