शाइन रेसुंगालाई पनि सुखद् रहेन प्रथम त्रैमास, खुद नाफा ४.१०% ले झर्यो

05 Nov,2017
  • shine-resunga-development-bank-ltd__11_5_2017_12_31_14.jpg
नेपाली पैसा 
 
काठमाडौं : बुटवलमा मुख्य कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ५० लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको तुलनामा ४.१०% ले कम हो । गत वर्ष बैंकले ६ करोड ७८ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, बैंकले खुद ब्याज आम्दानी भने ८.१३% ले बढोत्तरी गरेर १४ करोड ६० लाख २४ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष शाइनले १३ करोड ५० लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । एक वर्षको अवधिमा निक्षेप रकम ९ अर्बबाट बढाएर १० अर्ब ९३ करोड ८१ लाख ९९ हजार रुपैयाँ पुर्याएको यो बैंकले ९ अर्ब ६५ करोड ९३ लाख १ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 
 
शाइनको चुक्ता पुँजी १ अर्ब ३७ करोड ८६ लाख १५ हजार रुपैयाँ छ भने रिजर्भ कोषमा ३३ करोड ४८ लाख ८४ हजार रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा बैंकले रिजर्भमा सुधार गर्नुपर्ने देखिन्छ । शाइनले सम्भावित जोखिमका लागि १ करोड ८४ लाख १७ हजार रुपैयाँ छुट्याएको छ भने ८ लाख ४० हजार राइट ब्याक गरेको छ । बैंकको खराब कर्जा ०.२४% बाट बढेर ०.५३% हुन पुगेको छ । कस्ट अफ फन्ड पनि ४.१२% बाट बढेर ७.५५% पुगेको छ । कर्जा–निक्षेप अनुपात ७६.४७% छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८९ पैसा (वार्षिक) रहेको शाइनको प्रतिसेयर नेटवर्थ भने १२४ रुपैयाँ २९ पैसा छ । 
 
 
 

Post Your Comment