Market Closed

शाइन रेसुंगाको २५% बोनस सेयरलाई राष्ट्र बैंकको स्वीकृति, अब साधारण सभाको पालो

06 Dec,2017
  • shine-resunga-development-_12_6_2017_12_46_52.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल राष्ट्र बैंकले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई २५% बोनस सेयर वितरण गर्न स्वीकृति दिएको छ । अब बैंकले बोनस दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा लैजानेछ । साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीहरुले लाभांश हात पार्नेछन् । शाइन रेसुंगाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २५% बोनस सेयरलाई पनि जोडेर १ अर्ब ३७ करोड ८६ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी पुर्याएको रिपोर्ट सार्वजनिक गरेको छ । बैंकले ६ करोड ५० लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ २९ पैसा छ । 
 
 

Post Your Comment