Market Closed

शाइन रेसुंगाको २५% बोनस पारित गर्न पुस २२ मा सभा, बुक क्लोज कहिले ?

13 Dec,2017
  • shine-resunga-development-__12_13_2017_2_16_14.jpg
नेपाली पैसा 
 
काठमाडौं : शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नवौं वार्षिक साधारण सभा पुस २२ मा हुने भएको छ । सभामा बैंकले २५% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । शाइनले बोनसका लागि २७ करोड ५७ लाख २३ हजार १०० रुपैयाँ खर्च गर्नेछ । यस्तै, साभामा शाइनले जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशे प्रस्ताव पनि पेश गर्दैछ । बैकले बोनस सेयरमा लाग्ने कर तिर्न नगद लाभांश भने नदिने भएको छ । साधारण सभा अम्रकाली कटेज एन्ड रेष्टुरेन्ट प्रालि. बुटवलमा बिहान ११.३० बजे सुरु हुनेछ । शाइनले अन्य बैैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न, गभिन परेमा त्यस सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि लैजानेछ । बैंकको आर्थिक वर्ष २०७४ असार मसान्तको वासलात र २०७३–७४ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । साधारण सभा गर्न शाइनले पुस १०ेदेखि पुस २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसआधारमा पुस ९ गतेसम्म मात्र कायम सेयरधनीले यो बोनस पाउन सक्नेछन् । शाइनले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २५% बोनस सेयरलाई जोडेर १ अर्ब ३७ करोड ८६ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी पुर्याएको रिपोर्ट सार्वजनिक गरेको छ । बैंकले पहिलो त्रैमासमा ६ करोड ५० लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ २९ पैसा छ । 
 

Post Your Comment