Market Closed

शाइन रेसुंगाको २५% बोनस सुरक्षित गर्ने आइतबार अन्तिम दिन, पुस २२ मा एजीएम

24 Dec,2017
  • shine-resunga-development-bank-ltd_12_24_2017_12_32_10.jpg
नेपाली पैसा
 
काठमाडौं : शाइन रेसुंगा डेभलपमेन्ट बैंकको २५% बोनस सुरक्षित गर्ने आइतबार (पुस ९ गते) अन्तिम दिन हो । पुस २२ मा सभा गर्न बैंकले सोमबारदेखि पुस २२ गतेसम्म बुक क्लोज गर्दैछ । यसआधामा, आइतबारसम्म कायम सेयरधनीले मात्र  शाइनको बोनस पाउन सक्नेछन् । शाइनले बोनसका लागि २७ करोड ५७ लाख २३ हजार १०० रुपैयाँ खर्च गर्नेछ । यस्तै, साभमा शाइनले जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि पेश गर्दैछ । बैकले बोनस सेयरमा लाग्ने कर तिर्न नगद लाभांश भने नदिने भएको छ । साधारण सभा अम्रपाली कटेज एन्ड रेष्टुरेन्ट बुटवलमा बिहान ११.३० बजे सुरु हुनेछ ।
 
शाइनले अन्य बैैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्न, गभिन परेमा त्यस सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि लैजानेछ । बैंकको आर्थिक वर्ष २०७४ असार मसान्तको वासलात र २०७३–७४ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । शाइनले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २५% बोनस सेयरलाई जोडेर १ अर्ब ३७ करोड ८६ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी पुर्याएको रिपोर्ट सार्वजनिक गरेको छ । बैंकले पहिलो त्रैमासमा ६ करोड ५० लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ २९ पैसा छ ।

Post Your Comment