Market Closed

शाइन रेसुंगाको २५% बोनसपछि कति रुपैयाँमा भयो मूल्य समायोजन ?

26 Dec,2017
  • shine-resunga-development-bank-ltd_12_26_2017_11_21_53.jpg
नेपाली पैसा
 
काठमाडौं : शाइन रेसुंगाको २५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता ३१३ रुपैयाँ रुपैयाँ कायम भएको छ । मंगलबार बजार खुल्दा शाइनको सेयर कारोबार ३१३ रुपैयाँलाई नै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने ३२० रुपैयाँ रहेको छ । पुस २२ मा सभा गर्न बैंकले सोमबार (पुस ९ गते) देखि पुस २२ गतेसम्म बुक क्लोज गरेको हो । आइतबारसम्म कायम सेयरधनीले शाइनको बोनस पाउन सक्नेछन् । शाइनले बोनसका लागि २७ करोड ५७ लाख २३ हजार १०० रुपैयाँ खर्च गर्नेछ । यस्तै, सभामा शाइनले जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि पेश गर्दैछ । बैकले बोनस सेयरमा लाग्ने कर तिर्न नगद लाभांश भने नदिने भएको छ । साधारण सभा अम्रपाली कटेज एन्ड रेष्टुरेन्ट बुटवलमा बिहान ११.३० बजे सुरु हुनेछ ।
 
शाइनले सभामा अन्य बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्न, गभिन परेमा त्यस सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि लैजाँदैछ । बैंकको आर्थिक वर्ष २०७४ असार मसान्तको वासलात र २०७३–७४ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । शाइनले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २५% बोनस सेयरलाई जोडेर १ अर्ब ३७ करोड ८६ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी पुर्याएको रिपोर्ट सार्वजनिक गरेको छ । बैंकले पहिलो त्रैमासमा ६ करोड ५० लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ २९ पैसा छ ।

Post Your Comment