Market Closed

सोल्टी होटेलले मंगलबारदेखि कम्पनीबाटै नगद लाभांश बाँड्ने, किन पठाएन बैंक खातामा ?

20 Jan,2017
  • soaltee-crown-plaza_1_20_2017_2_14_45.jpg
नेपाली पैसा 
 
काठमाडौं : सोल्टी होटेलले सेयर लगानीकर्तालाई मंगलबारदेखि लाभांश बाँड्ने भएको छ । सोल्टीले गत वर्षको मुनाफाबाट ११.०५२ प्रतिशत नगद लाभांश दिएको छ । यो लाभांश गत पुस २५ मा सम्पन्न साधारण सभाले पारित गरेको हो । सोल्टीको नगद लाभांश लिन दिउँसो २ बजेदेखि ५ बजेभित्र जानुपर्नेछ । सार्वजनिक विदाका दिन लाभांश वितरण गरिने छैन । 
 
सोल्टी होटेल ताहाचल काठमाडौंबाट लाभांश बाँडिने कम्पनीले जानकारी दिएको छ । लाभांश लिन जाँदा सेयरधनी प्रमाणपत्रको सक्कलप्रति वा डिम्याट प्रमाणपत्र लैजानुपर्नेछ । आफैं उपस्थित हुन नसके अरु व्यक्तिलाई अख्तियारी दिएर पनि लाभांश लैजान सकिनेछ । सोल्टीले बैंक खातामा नगद उपलब्ध गराउनेबारे भने केही पनि उल्लेख गरेको छैन । धितोपत्र बोर्डले बैंक खातामा लाभांश जम्मा गर्न निर्देशन दिए पनि यो प्रावधान कार्यान्वयन नभएको यसबाट पुष्टि हुन्छ ।  

Post Your Comment