Market Closed

सोल्टी होटेलको खुद नाफा १७ करोड १६ लाख, कति भयो वृद्धि ?

14 May,2017
  • soaltee-crown-plaza_5_14_2017_8_01_23.jpg
नेपाली पैसा 
 
काठमाडौं : सोल्टी होटेलले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १७ करोड १६ लाख ८० हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यसै बेला सोल्टीले जम्मा ५ करोड २६ लाख १३ हजार रुपैयाँमात्र कमाएको थियो । यसआधारमा यो होटेलले गत वर्षभन्दा नाफा ११ करोड ९० लाख ६७ हजार रुपैयाँ बढाएको छ । कम्पनीले यसअवधिमा ३२ करोड ४४ लाख ३१ हजार रुपैयाँ सञ्चालन मुनाफा कमाएको देखिन्छ । सोल्टीको सेयर पुँजी ५२ करोड ६५ लाख २६ हजार रुपैयाँ छ । कम्पनीको रिजर्भ कोषमा ८५ करोड ४ लाख ११ हजार रुपैयाँ छ । सोल्टीको प्रतिसेयर अंकित मूल्य १० रुपैयाँ हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रतिसेयर आम्दानी ३ रुपैयाँ २६ पैसा देखिन्छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २६ रुपैयाँ १५ पैसा छ । 
 

Post Your Comment