Market Closed

सोल्टी होटल झनै भयो बलियो, खुद नाफा १२६.१९% ले माथि लाग्दा अरु के–के भयो ?

15 Aug,2017
  • soaltee-crown-plaza_8_15_2017_12_37_19.jpg
नेपाली पैसा 
 
काठमाडौं : सोल्टी होटेलले गत आर्थिक वर्षको चौथो त्रैमासमा १८ करोड २९ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १२६.१९% ले धेरै हो । अघिल्लो वर्ष सोल्टीले ८ करोड ८ लाख ९१ हजार रुपैयाँमात्र खुद नाफा कमाएको थियो । यस्तै, कम्पनीले यस अवधिमा सञ्चालन मुनाफामा ९४.३७% ले बढोत्तरी गरेर ३९ करोड ३३ लाख ९ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष सोल्टीले २० करोड २३ लाख ५० हजार रुपैयाँमात्र सञ्चालन मुनाफा कमाएको थियो । सोल्टीको सेयर पुँजी ५२ करोड ६५ लाख २६ हजार रुपैयाँबाट बढोत्तरी भएर ५७ करोड ९१ लाख ८१ हजार रुपैयाँ पुगेको छ । कम्पनीको रिजर्भ कोषमा ८० करोड ९० लाख ४७ हजार रुपैयाँ छ । सोल्टीको प्रतिसेयर अंकित मूल्य १० रुपैयाँ हो । यता, कम्पनीको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ५४ पैसाबाट बढेर ३ रुपैयाँ १६ पैसा पुगेको छ । सोल्टीको प्रतिसेयर नेटवर्थ भने २३ रुपैयाँ ९७ पैसा छ । 
 
 
 
 

Post Your Comment