Market Closed

सोल्टी होटलको १५% बोनसका साथमा ६.०५३% नगद, बुक क्लोज कहिले ?

22 Oct,2017
  • Soaltee-hotel-Ltd_10_22_2017_3_12_15.jpg
 नेपाली पैसा
 
काठमाडौं : सोल्टी होटलले १५% बोनस सेयर र ६.०५३% नगद लाभांश दिने भएको छ । होटलको लाभांश दिने प्रस्ताव आगामी मंसिर २८ गते हुने साधारण सभामा पेस हुनेछ । साधारण सभा गर्न कम्पनीले मंसिर ४ देखि २८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । यसआधारमा मंसिर ३ गतेसम्म कायम सेयरधनीले मात्र सोल्टीको लाभांश पाउनेछन् । सोल्टीको हाल चुक्ता पुँजी ५७ करोड ९१ लाख ८१ हजार ३०० रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा होटलले १८ करोड २९ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ २३ रुपैयाँ ९७ पैसा छ ।

Post Your Comment