Market Closed

सोल्टी होटलको खुद नाफा ८८.७८% घट्यो, रिजर्भ कोष भने देखियो आकर्षक

19 Nov,2017
  • Soaltee-hotel-Ltd_11_19_2017_11_03_45.jpg
नेपाली पैसा 
 
काठमाडौं : सोल्टी होटेलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ लाख ३५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । नाफा रकम गत वर्षको प्रथम त्रैमासको भन्दा ८८.७८% ले थोरै हो । गत वर्ष सोल्टीले ३ करोड १५ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, कम्पनीको सञ्चालन मुनाफा पनि ५२.७७% ले घटेर ३ करोड १६ लाख ३१ ह्जार रुपैयाँमा झरेको छ । जबकी गत वर्ष सोल्टीले यही अवधिमा ६ करोड ६९ लाख ८२ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो । सेयर पुँजी ५७ करोड ९१ लाख ८१ हजार रुपैयाँ रहेको यस कम्पनीको रिजर्भमा ८३ करोड २७ लाख ३ हजार रुपैयाँ छ । यस हिसाबले रिजर्भ कोष भने निकै आकर्षक मान्न सकिन्छ । सोल्टीको प्रतिसेयर अंकित मूल्य १० रुपैयाँ हो । यता, कम्पनीको प्रतिसेयर आम्दानी भने ०.०६ रुपैयाँ मात्र छ । गत वर्ष यही बेला सोल्टीको प्रतिसेयर आम्दानी ६० पैसा थियो । सोल्टीको प्रतिसेयर नेटवर्थ भने २४ रुपैयाँ ३८ पैसा छ । 
 
 
 

Post Your Comment