Market Closed

सोल्टी होटलको १५% बोनस सेयरपछि कति रुपैयाँमा भयो मूल्य समायोजन ?

20 Nov,2017
  • Soaltee-hotel-Ltd_11_20_2017_11_00_44.jpg
नेपाली पैसा
 
काठमाडौं : सोल्टी होटलको १५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६९ रुपैयाँ तोकिएको छ । यसआधारमा, सोमबार होटलको पहिलो कारोबार २६९ रुपैयाँलाई आधार मोनर खुलेको हो । सोल्टीको औसत आधार मूल्य भने २९९ रुपैयाँ हो । होटलले मंसिर २८ गते वार्षिक साधारण सभा गर्न सोमबारदेखि बुक क्लोज गरेको हो । सभामा १५% बोनस सेयर र ६.०५३% नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ । सोल्टी होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ लाख ३५ हजार रुपैयाँमात्र खुद नाफा कमाएको छ । कम्पनीको सेयर पुँजी ५७ करोड ९१ लाख ८१ हजार रुपैयाँ छ । सोल्टीको प्रतिसेयर अंकित मूल्य १० रुपैयाँ हो । यता, कम्पनीको प्रतिसेयर आम्दानी भने ०.०६ रुपैयाँ मात्र छ । सोल्टीको प्रतिसेयर नेटवर्थ भने २४ रुपैयाँ ३८ पैसा छ ।
 

Post Your Comment