Market Closed

सोल्टी होटलको खुद नाफा ११.५९% घट्यो, रिजर्भ कोष आकर्षक

04 May,2018
  • Soaltee-hotel-Ltd_11_2_5_4_2018_12_25_23.jpg
नेपाली पैसा 
 
काठमाडौं : सोल्टी होटेलले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १५ करोड १७ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको भन्दा नाफा ११.५९% ले घटेको हो । गत वर्ष १७ करोड १६ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सञ्चालन नाफा पनि ७.९६% ले घटेर २९ करोड ८६ लाख रुपैयाँमा झरेको छ ।

गत वर्ष यो होटेलले ३२ करोड ४४ लाख ३१ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । सञ्चालन नाफामै ह्रास आउँदा समग्र खुद नाफामा असर गरेको हो । यस वर्ष पर्यटक आगमन राम्रै देखिए पनि सोल्टीले त्यस आधारमा व्यापार बढाउन सकेको देखिएन ।

सेयर पुँजी ६६ करोड ६० लाख ६४ हजार रुपैयाँ रहेको यस होटेलको रिजर्भ कोषमा ८५ करोड ९० लाख १५ हजार रुपैयाँ छ । रिजर्भ कोष आकर्षक नै मान्नुपर्छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ २८ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ २२ रुपैयाँ ९० पैसा छ । प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्यका हिसाबले सोल्टीको सेयर कारोबार हुने गरेको छ ।  
 

Post Your Comment