Market Closed

सोल्टी होटल ‘बेस्ट डेब्यु ग्रीन होटल’ अवार्डबाट सम्मानित, वातावरणमैत्री बनेकोमा प्रशंसा

09 Oct,2018
  • 2_10_9_2018_11_45_27.jpg
नेपाली पैसा
 
काठमाडौं : सोल्टी होटलले अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । सोल्टी होटल अन्तर्गतको ‘सोल्टी वेस्टइन्ड प्रिमियर नेपालगञ्ज’ ले ‘बेस्ट डेब्यु ग्रीन होटल’ अवार्ड जितेको हो । वातावरणमैत्री र प्रदूषणरहित भएकोमा यो होटललाई अवार्ड दिइएको सोल्टीले जनाएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित कार्यक्रममा होटललाई सम्मानित गरिएको हो । 
 
भारतका पर्यटनमन्त्री के.जे अल्फोन्सले र सामाजिक न्याय तथा अधिकार मन्त्री रामदास अठावलेले सोल्टी होटलका अध्यक्ष दिनेश बहादुर बिष्टलाई अवार्ड हस्तान्तरण गरेका थिए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीको पनि उपस्थिति रहेको थियो ।


 
सोल्टीको नेपालगञ्जस्थित वेस्ट इन्ड प्रिमियर होटल वातावरणमैत्री र सञ्चालन गरिरहेको छ । यो होटललाई अमेरिकाको ‘युएस ग्रीन ब्यूल्डिङ काउन्सिल’ ले वातावरणमैत्री होटलको रुपमा मन्यता दिएको पनि सोल्टीले जनाएको छ ।

Post Your Comment