Market Closed

सेयर भाउ घट्दो क्रममा रहेका हाइड्रोपावर कम्पनीहरुको नाफा चाहिँ कस्तो छ ? (तालिका सहित)

24 Nov,2018
  • hydro_nese_11_17_2017_5_23_58.jpg
सोभित थपलिया 
समिर गौतम
 
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जलविद्युत कम्पनीहरुको पनि वित्तीय अवस्था केही सुधारोन्मुख देखिएको छ । नेप्सेमा भएका तथा सूचीकृत हुन बाँकी कम्पनीले समेत वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । हामीले १८ वटा जलविद्युत कम्पनीको पहिलो त्रैमासको वित्तीय विवरण अध्ययन गरेका छौं । यी मध्ये गत वर्षको यसै अवधिको तुलनामा अधिकांश कम्पनीले खुद नाफामा सुधार गरेका छन् । १८ मध्ये १२ वटा कम्पनीले थोरै भए पनि नाफा बढाएका छन् । 
 
चिलिमे हाइड्रोपार, बुटवल पावर कम्पनी र सानिमा माई यसपालि पनि अब्बल देखिएका छन् । सबैभन्दा धेरै खुद नाफा कमाउनेमा भने जलविद्युत लगानी तथा विकास कम्पनी परेको छ । त्यसो त यस कम्पनीको चुक्ता पुँजी पनि सबैभन्दा धेरै छ । १० अर्ब रुपैयाँ पुँजी भएको यस कम्पनीले पहिलो त्रैमासको अन्त्यसम्ममा २७ करोड ३७ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, चिलिमेको कमाई २६ करोड ७८ लाख ९८ हजार रुपैयाँ छ । चिलिमेको नाफा गत वर्षको भन्दा कम भएको हो ।


 
यता, सानिमा माईको प्रतिसेयर आम्दानी भने अन्य कम्पनीको भन्दा धेरै छ । सानिमाको प्रतिसेयर आम्दानी (वार्षिक) ३७ रुपैयाँ १६ पैसा छ । यसको प्रतिसेयर आम्दानी गत वर्षको यही अवधिमा ३४ रुपैयाँ ४६ पैसा मात्र थियो । दोस्रोमा चिलिमेको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ३ पैसामा आएको छ । यस्तै, २६ करोड रुपैयाँ मात्र चुक्ता पुँजी भएको नेपाल हाइड्रो डेभलपरको प्रतिसेयर आम्दानी (वार्षिक) २६ रुपैयाँ ५७ पैसा देखिन्छ । 
 
जलविद्युत कम्पनीहरुको रिजर्भ कोषमा पनि केही सुधार हुँदै गएको देखिन्छ । कतिपय कम्पनीको भने रिजर्भ कोष अझै पनि ऋणात्मक नै छ । सबै भन्दा धेरै रकम रिजर्भमा जम्मा गर्ने पनि चिलिमे हाइड्रोपावर नै पहिलो नम्बरमा रहेको छ । यसले ५ अर्ब २४ करोड रुपैयाँ भन्दा धेरै पैसा रिजर्भ कोषमा जम्मा गरेको छ । दोस्रोमा बुटवल पावरको ४ अर्ब ३९ करोड भन्दा धेरै रकम रिजर्भमा रहेको छ । 
 
सुधारोन्मुख देखिए पनि अधिकांश हाइड्रोपावर कम्पनीको रिजर्भ कोष र प्रतिसेयर आम्दानी अझै पनि सन्तोषजनक भने छैन । जसको असर सेयर बजारमा पनि देखिइरहेको छ । अहिले धेरै जसो हाइड्रोपावर कम्पनीको दोस्रो बजारमा सेयर भाउ निकै न्यूनतम विन्दुमा आइरहेको छ । 
 

Post Your Comment