Market Closed

सानिमा माई र खानी खोलाको एजीएम आज, सानिमा माइले सानिमा हाइड्रोपावरलाई एक्वायर गर्ने

12 Jan,2018
  • AGM2_1_12_2018_12_54_32.png
नेपाली पैसा 
 
काठमाडौं : सानिमा माई हाइड्रोपावरको पनि शुक्रबार (पुस २८ गते) स्मार्ट क्याफे एण्ड ब्यांक्वेट धुम्बाराही, काठमाडौंमा सभा भइरहेको छ । कम्पनीले सभामा सानिमा हाइड्रोपावर लिमिटेडलाई एक्वायर गर्ने विशेष प्रस्ताव पेश गरेको छ । यसका साथै, सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा लगिएको छ । सानिमाले यो पटक लगानीकर्तालाई लाभांश भने नदिने भएको छ । यस्तै, पुँजी वृद्धि गर्न कम्पनीले यसअघि १००% हकप्रद सेयर जारी गरिसकेको छ । साधारण सभाका लागि सानिमा माईले पुस १४ देखि शुक्रबार (पुस २८ गतेसम्म) बुक क्लोज गरेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा सानिमा माईले १५ करोड १९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सानिमाको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ८७ पैसा छ । यस्तै, खानी खोला हाइड्रोपावर कम्पनीको साधारण सभा पनि शुक्रबार नै (पुस २८ गते) धुम्र बराह पार्टी प्यालेस, धुम्बाराही काठमाडौंमा भइरहेको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पेश गरेको छ । यसैगरी, संस्थापक समूहको प्रतिनिधित्व गर्ने सञ्चालक समितिको पुनर्गठन तथा पदावधि निर्धारण गरिने प्रस्ताव पनि पेश भएको छ । 
 
 
 
 

Post Your Comment