Market Closed

सानिमा माईको लिलामी सेयर भर्ने समय १ दिन थपियो, अब बुधबारसम्म म्याद

05 Dec,2017
  • sanima-mai-hydropower-L_12_5_2017_10_47_19.jpg
नेपाली पैसा 
 
काठमाडौं : सानिमा माई हाइड्रोपावरले लिलामी सेयर भर्ने म्याद १ दिन थपेको छ । गएको शुक्रबार सरकारले सार्वजनिक विदा दिएकाले त्यसको सट्टामा लिलामी भर्ने समय १ दिन बढाइएको कम्पनीले जानकारी दिएको छ । सानिमाले १ लाख ४६ हजार ५९२ कित्ता सेयर खुला गरेको हो । यस लिलामीमा अब बुधबार (मंसिर २० गते) सम्म आवेदन दिन पाइनेछ । यसअघि कम्पनीले मंसिर ११ गतेदेखि मंगलबार (मंसिर १९ गते) सम्म मात्र आवेदन दिन सकिने जनाएको थियो । लगानीकर्ताले यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसअघि सानिमा हाइड्रोले साउन २७ देखि भदौ २९ गतेसम्म १ः१ अनुपातमा १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । त्यतिबेला नबिकेको १ लाख ४६ हजार ५९२ कित्ता सेयर अहिले लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ । आवेदकले सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं तथा काठमाडौं बाहिर सनराइज बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयमा पुग्ने गरी आवेदन दिनुपर्नेछ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले १५ करोड १९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सानिमाको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ८७ पैसा छ 
 
 

Post Your Comment