Market Closed

सानिमा माईको १ लाख ४६ हजार ५९२ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

06 Dec,2017
  • sanima-mai-hydropower-Ltd_12_6_2017_10_16_32.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा माई हाइड्रोपावरको १ लाख ४६ हजार ५९२ कित्ता सेयर लिलामी भर्ने बुधबार अन्तिम म्याद हो । बुधबार कार्यालय समयभित्र लिलामी भरिसक्नुपर्नेछ । कम्पनीले शुक्रबार सार्वजनिक विदा परेकाले लिलामी भर्ने समय १ दिन बढाएर बुधबारसम्म पुर्याएको हो । यसअघि कम्पनीले मंसिर ११ गतेदेखि मंगलबार (मंसिर १९ गते) सम्म मात्र आवेदन दिन सकिने जनाएको थियो । लगानीकर्ताले यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो हाइड्रोको नेप्सेमा अन्तिम कारोबार मूल्य ५३८ रुपैयाँ छ । यसअघि सानिमा हाइड्रोले साउन २७ देखि भदौ २९ गतेसम्म १ः१ अनुपातमा १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । त्यतिबेला नबिकेको १ लाख ४६ हजार ५९२ कित्ता सेयर अहिले लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ । आवेदकले सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं तथा काठमाडौं बाहिर सनराइज बैंकको विराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयमा पुग्ने गरी आवेदन दिनुपर्नेछ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले १५ करोड १९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सानिमाको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ८७ पैसा छ ।

Post Your Comment