Market Closed

सानिमा माईको पुस २८ मा एजीएम, लगानीकर्तालाई छैन लाभांश

17 Dec,2017
  • sanima-mai-hydropower-L_12_17_2017_10_47_37.jpg
 
नेपाली पैसा
 
काठमाडौं : सानिमा माई हाइड्रोपावर लिमिटेडले एक्विजिसन प्रस्तावसहित पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभामा सानिमा हाइड्रोपावर लिमिटेडलाई एक्वायर गर्ने प्रस्ताव पेश गर्ने भएको छ । यसका साथै, सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा लगिंनेछ । साधारण सभाका लागि कम्पनीले पुस १४ देखि २८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा सानिमा माईले १५ करोड १९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सानिमाको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ८७ पैसा छ । सानिमाले लगानीकर्तालाई लाभांश भने नदिने भएको छ । पुँजी वृद्धि गर्न कम्पनीले यसअघि १००% हकप्रद सेयर जारी गरिसकेको छ । 
 
 
 
 

Post Your Comment