सानिमा माईको लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा शुक्रबारदेखि फिर्ता

21 Dec,2017
  • sanima-mai-hydropower-Ltd_12_21_2017_2_32_21.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा माई हाइड्रोपावरले लिलामी सेयर बाँडफाँटमा नपरेका लगानीकर्ताको पैसा पुस ७ गते (शुक्रबार) देखि फिर्ता दिने भएको छ । बाँडफाँटमा नपरेका र बढी रकम जम्मा गर्ने लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेको बैंक खातामा पैसा फिर्ता पाउने भएका छन् । बिक्री प्रबन्धक सनराइज क्यापिटलले एनसीएचएल–आइपीएसको सदस्य रहेका बैंक खातामा सीधै रकमान्तरण गरिने जनाएको छ । यसरी रकम जम्मा गर्दा लाग्ने शुल्क सम्बन्धित आवेदकले नै व्यहोर्नुपर्नेछ । कुनै कारणवश खातामा रकम जम्मा नभई फिर्ता हुन आएमा त्यस्ता आवेदकलाई सनराइज क्यापिटल लिमिटेडबाट एकाउन्टपेयी चेकमार्फत रकम फिर्ता दिइने बिक्री प्रबन्धकले भनेको छ । सानिमा माई हाइड्रोपवरले १ लाख ४६ हजार ५९२ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धकले यसलाई पुस ४ गते बाँडफाँट गरेको हो । लिलामीमा कुल ८९ जना आवेदकलाई सेयर बाँडफाँट गरिएको थियो । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले १५ करोड १९ लाख ८२ हजार खुद नाफा कमाएको छ । सानिमाको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ८७ पैसा छ । 

Post Your Comment