Market Closed

सानिमा माईले गर्यो १००% हकप्रद सेयर सूचीकरण

24 Dec,2017
  • sanima-mai-hydropower-Ltd_12_24_2017_2_53_31.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा माई हाइड्रोपावरको १००% हकप्रद नेप्सेमा सूचीकृत भएको छ । सानिमाको १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । कम्पनीले गत साउन २७ गतेदेखि भदौ २९ गतेसम्म १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । यो हकप्रद बिक्री गरी कम्पनीले चुक्ता पुँजी २ अर्ब ११ करोड रुपैयाँ पुर्याएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सानिमा माईले १५ करोड १९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ८७ पैसा छ ।

Post Your Comment