सानिमा माईको खुद नाफा १४.०५% घट्यो, बिजुली बिक्रीबाट कति भयो आम्दानी ?

12 Feb,2018
  • sanima-mai-hydropower-Lt_2_12_2018_11_28_14.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा माई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २१ करोड ८६ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा गत वर्षको तुलनामा १४.०५% ले घटेको हो । गत वर्ष यही अवधिमा सानिमाको खुद नाफा २५ करोड ४४ लाख रुपैयाँ थियो । विद्युत बिक्रीबाट सानिमा माईले ४५ करोड ७३ लाख ७२ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ५० करोड ६३ लाख ८८ हजार रुपैयाँ रहेको विद्युत बिक्रीको आम्दानी यो वर्ष ९.६८% ले घटेको हो । 
 
सेयर पुँजी २ अर्ब ११ करोड रुपैयाँ रहेको सानिमा माईको जगेडा कोषमा ५० करोड ८६ लाख ४ हजार रुपैयाँ जम्मा भएको छ । चुक्ता पुँजी गत वर्षको भन्दा १००% ले धेरै हो । रिजर्भमा पनि ९३.०८% सुधार भएको हो । गत वर्ष रिजर्भमा २६ करोड ३४ लाख १६ हजार रुपैयाँ मात्र थियो । सानिमा माईको प्रतिसेयर आम्दानी २४ रुपैयाँ १० पैसा पुगेको छ । यसैगरी, प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ छ ।
 
 
 

Post Your Comment