सानिमा माईको खुद नाफा २२.४८% घट्यो, विद्युत बिक्रीबाट कति भयो आम्दानी ?

10 May,2018
  • sanima-mai-hydropower-L_5_10_2018_10_32_00.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा माई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २० करोड २० लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा गत वर्ष यही अवधिको तुलनामा २२.४८% ले घटेको हो । गत वर्ष सानिमाको खुद नाफा २६ करोड ५ लाख ८१ हजार रुपैयाँ थियो । विद्युत बिक्रीबाट आम्दानी १०.५०% ले घटेपछि खुद नाफामा पनि असर परेको छ ।

विद्युत बिक्रीबाट गत वर्ष ६३ करोड ३४ लाख ५४ हजार रुपैयाँ आम्दानी गरेकामा यसपालि ५६ करोड ६९ लाख १३ हजार रुपैयाँमा झरेको छ । कम्पनीको सेयर पुँजी २ अर्ब ११ करोड रुपैयाँ छ भने जगेडा कोषमा ४९ करोड १९ लाख ४६ हजार रुपैयाँ जम्मा भएको छ ।

सेयर पुँजी गत वर्ष भन्दा १००% धेरै हो । सानिमा माईको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३० पैसा पुगेको छ । यसैगरी, प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २० पैसा छ ।
 
 
 

Post Your Comment